Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

संखुवासभामा अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता

  •   २ वर्ष अघि | ८ भदौ २०८१, शनिबार

संखुवासभा – संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत एक मजदुर खोलाले बगाएर बेपत्ता भएका छन्। 

बेपत्ता हुने मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका ४५ वर्षीय गंगाबहादुर गुरुङ हुन्। शनिबार बिहान साढे ७ बजे चिचिला गाउँपालिका–३ पुखुवा स्थित अरुण तेस्रोको विद्युत् गृहस्थलबाट बिदामा घर फर्किदै गरेका गुरुङलाई कागुवा खोला तर्ने क्रममा खोलाले बगाएको हो। 

घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले नेपाल प्रहरी, शसस्त्र प्रहरी, र स्थानीय बासिन्दाको सहयोगमा बेपत्ता गुरुङको खोजी कार्य जारी रहेको जानकारी दिए।

अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज एसजेभिएनले निर्माण गरिरहेको छ, जसमा तीन हजारभन्दा बढी नेपाली र भारतीय मजदुर कार्यरत छन्। आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य करमार्फत अर्बौँ रुपैयाँ राजस्व प्राप्त गर्नेछ। यस आयोजनाको कुल लागत रु एक खर्ब १५ अर्ब अनुमान गरिएको छ।

  • RSS

थप