काठमाडौं । इरानको पूर्वी क्षेत्रमा भएको कोइला खानी विस्फोटमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ, भनी इरानको सरकारी सञ्चारमाध्यमले आइतबार जानकारी दिएको छ।
सरकारी समाचार संस्था इर्नाका अनुसार, ताबास खानीमा भएको ग्यास चुहावटले विस्फोट गराउँदा मृत्यु हुने कामदारको संख्या ५१ पुगेको छ, भने घाइतेको संख्या २० रहेको छ।
यसअघि, अधिकारीहरूले विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको र २० जनाभन्दा बढीको अवस्था अज्ञात रहेको बताएका थिए।
इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी राखेको र केही कामदार अझै फसेको जानकारी दिएको छ। खानीमा जमेको ग्यासले खोजी कार्यमा कठिनाइ भइरहेको छ।
- Jigyasa media