Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

बेलौरीमा जङ्गली हात्तीको आक्रमणमा एक युवकको मृत्यु

  •   २ वर्ष अघि | २२ असोज २०८१, मङ्लबार

कञ्चनपुर ।

कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको छ। घटना गएराति भएको हो, जब चौधरी नगरपालिकाको मैनाहामा दसैँनाच हेरेर से४प ८६१८ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै थिए। कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार, जङ्गलको बाटो हुँदै घर फर्किंदै गर्दा हात्तीले आक्रमण गरेको हो।

वन क्षेत्रमा हात्तीको कराएको आवाज सुनेपछि उमेशसँगै रहेका २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी मोटरसाइकल छाडेर भागेका थिए। रोशन र नवीन सम्पर्कमा आए पनि उमेश सम्पर्कविहीन भएका थिए। खोजतलास गर्दा आज बिहान उमेशको शव सामुदायिक वन क्षेत्रमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, उमेशको शव फेला परेको स्थानमा जङ्गली हात्तीको दिसा र रुख मडारिएको देखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यसअघि, एक हप्ताअघि मात्रै लालाझाडी गाउँपालिका–४, डाँडाजाइका ५९ वर्षीय रामदल रानाको पनि जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको थियो।


  • Jigyasa media

थप