Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

संकटग्रस्त पालिकालाई राहत: १ करोडसम्म उपलब्ध गराइने

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

काठमाडौं । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालैको बाढीपहिरोपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ पालिकालाई ५० लाखदेखि १ करोडसम्मको राहत उपलब्ध गराउने निर्णय गरेको छ।

पालिकाहरूलाई तीन समूहमा वर्गीकरण गरिएको छ:

पहिलो समूहमा रहेका ९ पालिकालाई १ करोड

दोस्रो समूहमा रहेका १२ पालिकालाई ७५ लाख

तेस्रो समूहमा रहेका ५० पालिकालाई ५० लाख राहत उपलब्ध गराइने छ ।

सहसचिव वसन्त अधिकारीका अनुसार राहत रकमलाई प्रभावकारी बनाउन सरल प्रक्रिया अपनाउने निर्णय गरिएको छ। साथै, खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टर र उपकरणहरूको व्यवस्था गर्न सिफारिस गरिएको छ।

बैठकले विपद् व्यवस्थापनको बैठकमा निजी क्षेत्रको सहभागिता गराउने र पश्चिम नेपालमा भूकम्पपछिको पुनःनिर्माण कार्यलाई तीव्रता दिने निर्णय पनि गरेको छ।


  • Jigyasa media

थप