सिराहा, मंसिर ११ – सिराहाको कर्जन्हा नगरपालिका-६, बडहारा मिर्चैयामा एक डेढ वर्षीय बालकको खाल्डोमा डुबेर ज्यान गएको छ। सुजित पासवानका छोरा रितिक पासवान मंगलबार बिहान घरअगाडि रहेको कलको पानी जम्ने खाल्डोमा डुबेका थिए।
डुबेर गम्भीर अवस्थामा रहेका बालकलाई उपचारका लागि फूलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। यस प्रकारका घटनाबाट बच्न अभिभावकहरूले बालबालिकालाई खेल्ने स्थान र घरवरिपरिका खतरनाक क्षेत्रबारे ध्यान दिनु पर्ने आवश्यक देखिएको छ।
- Jigyasa media