Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

विद्यालयको हाता घेराबार शिलान्यास र विद्यार्थीलाई न्यानो कपडा वितरण

  •   २ वर्ष अघि | १३ मंसिर २०८१, बिहिबार

१३ मंसिर, काभ्रे –  काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–२, ज्यामिरकोटस्थित ज्ञानोदय आधारभूत विद्यालयमा हाता घेराबार शिलान्यास तथा विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री लक्ष्मण लम्सालले विद्यालयको घेराबारको शिलान्यास गर्नुभएको हो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सांसद लम्साल उपस्थित हुनुहुन्थ्यो।

सांसद लम्सालको भनाइ

शिलान्यास कार्यक्रममा बोल्दै सांसद लम्सालले विद्यालय कुनै पनि समाजको सभ्यता र चेतनाको प्रतीक भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, "विद्यालय हामी सबैको साझा सम्पत्ति हो। कुनै पनि समाज कस्तो छ भन्ने कुरा त्यहाँको विद्यालय र त्यस ठाउँका मान्छेको चेतनाले देखाउँछ। त्यसैले विद्यालय सुधार्न सबैले पहल गर्नुपर्छ।" साथै, विद्यालयको भौतिक पूर्वाधार विकासका लागि आफूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

विद्यालय व्यवस्थापन समितिको धारणा

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले विद्यालयको शैक्षिक र भौतिक सुधारमा लागि परेको बताउनुभयो। उहाँले विद्यालयमा विद्यार्थी संख्यामा आएको कमीप्रति चिन्ता व्यक्त गर्दै "भौतिक पूर्वाधार मात्र पर्याप्त हुँदैन, विद्यार्थीको संख्या बढाउन सबैको सहकार्य आवश्यक छ," भन्नुभयो।

विभिन्न व्यक्तित्वहरूको उपस्थिति

कार्यक्रममा वडा अध्यक्ष रामेश्वर दाहाल, समाजसेवी लोकनाथ (रामकाजी) सापकोटा, पूर्ववडाअध्यक्ष हरि खतिवडा, छिमेकी विद्यालय ज्ञानेश्वरी माविका प्रधानाध्यापक विनोद राई, पूर्व व्यवस्थापन समितिका अध्यक्ष रामकुमार तामाङ, शिक्षक विनोद सापकोटा, माधव नेपालसहित शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति थियो।

प्रदेश सरकारको सहयोग र विशेष योगदान

सन् २०४५ मा स्थापना भएको ज्ञानोदय आधारभूत विद्यालयमा पर्खाल निर्माणका लागि बागमती प्रदेश सरकारले रु १० लाख विनियोजन गरेको छ।

स्थानिय बुद्धिजीवी लोकनाथ सापकोटाले आफ्नो ८१औँ जन्मदिनको अवसरमा विद्यालयका बालबालिकालाई न्यानो कपडा (स्वेटर) र खाजा वितरण गर्नुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले यस किसिमका सहयोगले विद्यालयको भौतिक र शैक्षिक स्तर दुवैमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

यो कार्यक्रमले विद्यालयलाई सुरक्षित र शिक्षामैत्री वातावरण बनाउन टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, स्थानिय सरकार, समाजसेवी र अभिभावकको सहभागिताले विद्यालय सुधारका लागि एकजुट प्रयासको नमूना प्रस्तुत गरेको छ।


  • Jigyasa media

थप