Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

वाइफाइ रिचार्जको विवादले खतरनाक मोड, श्रीमतीको हत्या, २ छोरी घाइते

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

बारा । जनकपुरधाम, भदौ २७ – बाराको निजगढ नगरपालिका–९ मा वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद हुँदा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् भने, दुई छोरी घाइते भएका छन्।

प्रहरीका अनुसार ४६ वर्षीय विमलकुमार बस्नेतले मादकपदार्थ सेवन गरेर ४० वर्षीया श्रीमती लक्ष्मी राईमाथि खुर्पा प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका उनकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुनाको समेत उपचार भइरहेको छ। गंगालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार चार दिनदेखि वाइफाइको रिचार्ज सकिएको विवादले खतरनाक मोड लिएको थियो। विमलकुमारले रक्सीमा पैसा हुने तर वाइफाइमा रिचार्ज गर्न नसक्ने भन्ने बहसका क्रममा खुर्पा प्रहार गरेका थिए।

प्रहरीले विमलकुमारलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

  • Jigyasa media

थप