Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि पुन: गोली प्रहारको प्रयास

  •   २ वर्ष अघि | ३१ भदौ २०८१, सोमवार

काठमाण्डौ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि हत्या प्रयास भएको छ। आगामी राष्ट्रपतिको चुनावको तयारी गरिरहेका ट्रम्प आइतबार फ्लोरिडा स्थित आफ्नो गोल्फ क्लबमा खेल्दै गर्दा उनीमाथि आक्रमणको प्रयास भएको हो।

अमेरिकी अधिकारीहरूका अनुसार, गोली चलाउने संदिग्धलाई सिक्रेट सर्भिसका एजेन्टहरूले घटनास्थलबाट नियन्त्रणमा लिएका छन्। घटनास्थलमा एके-४७ हतियार, दुईवटा ब्याकप्याक र एक गोप्रो क्यामेरा फेला परेको छ।

यस घटनापछि ट्रम्पले आफ्नो समर्थकलाई इमेल मार्फत सन्देश पठाउँदै आफू सुरक्षित रहेको जानकारी दिएका छन्। उनले भनेका छन्, "यस्ता आक्रमणहरूले मलाई रोक्न सक्दैनन्, म हार मान्दिनँ।"

यो पहिलो पटक होइन, ट्रम्पमाथि यसअघि पनि पेन्सिलभेनियामा आयोजित एक र्‍यालीमा गोली प्रहार भएको थियो।


  • Jigyasa media

थप