Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

त्रिभुवन विमानस्थलमा ८१ ग्राम सुनसहित दुई जना पक्राउ

  •   २ वर्ष अघि | ११ भदौ २०८१, मङ्लबार

काठमाडौं, भदौ ११, २०८१ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका-४ निवासी २७ वर्षीय प्रशान्त गैरे र सप्तरीको सुरुङ्गा नगरपालिका-३ निवासी ४१ वर्षीय सन्तोषकुमार कुँवर रहेका छन्।

प्रहरीका अनुसार, गैरेले हिमालयन एयरलाइन्सको उडानमार्फत कतारबाट काठमाडौं ल्याएको ८१ ग्राम सुन कुँवरले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा रिसिभ गर्दै गर्दा पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको छ।

  • Reporter

थप