Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा एकको मृत्यु एक गम्भीर घाइते

  •   २ वर्ष अघि | २९ कार्तिक २०८१, बिहिबार

काठमाण्डौ । 

कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोटका ३८ वर्षीय नारायण नगरकोटीको झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गएको छ। नेकपा माओवादी केन्द्रका स्थानीय सचिव रहेका नगरकोटी दुर्घटनामा गम्भीर चोट लागेर निधन भएको हो। टाउको, पेट, र घुँडामा गम्भीर चोटपछि उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा नगरकोटीकी श्रीमती सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन्। उनी मोटरसाइकलको पछाडि सवार थिइन्। घाइते सानुमायाको अवस्था अत्यन्त गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेकोछ।


  • Jigyasa media

थप