Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

सुर्खेत–दैलेख सीमामा गम्भीर गाडी दुर्घटना: ५ जनाको मृत्यु, २५ जना घाइते

  •   २ वर्ष अघि | २३ कार्तिक २०८१, शुक्रबार

दैलेख, २०८१ कार्तिक २३ – सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्। हालसम्म मृतक र घाइतेहरूको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी दैलेखबाट सुर्खेततर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका यात्रुहरूको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको गुराँस गाउँपालिकाकी उपाध्यक्ष शिवा खड्काले जानकारी दिइन्।

दुर्घटनाग्रस्त गाडीमा ३० जना सवार रहेको र दुर्घटनाका कारणहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


  • Jigyasa media

थप