Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु

  •   २ वर्ष अघि | ३० साउन २०८१, बुधबार

झापा। झापा जिल्लाको हल्दिबारी गाउँपालिका-४ लक्ष्मीचोक पश्चिममा करेन्ट लगाएर माछा मार्ने क्रममा ३० वर्षीय नरेश मोक्तानको मृत्यु भएको छ।  

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, मोक्तान मंगलबार साँझ करिब ५ बजेतिर चुडालचोक नजिकको बाटो छेउको नालीमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने प्रयास गर्दै थिए। यस क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए। 

घटनास्थलबाट उद्धार गरिएका मोक्तानलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको थियो, तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

घटनाको अनुसन्धानका लागि जलथल प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेको पूर्व वडाध्यक्ष होम चुडालले जानकारी दिए। 

यो घटना करेन्ट लगाएर माछा मार्दा उत्पन्न हुनसक्ने खतरालाई पुनः एकपटक उजागर गरेको छ। यसरी जोखिमपूर्ण तरिकाबाट माछा मार्न प्रयास गर्नु जीवनघातक हुनसक्छ, जसले धेरैको ज्यान लिने गरेको छ।

  • Jigyasa media

थप