Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

८ थुनुवा हिरासतबाट फरार, एक पक्राउ

  •   २ वर्ष अघि | ७ असोज २०८१, सोमवार

जनकपुरधाम: जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आइतबार राति ८ जना थुनुवा फरार भएका छन्। प्रहरी स्रोतका अनुसार थुनुवाहरूले हिरासतको भेन्टिलेशन फोडेर भागेका हुन्।

फरारमध्ये ९ जनामध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार लागुऔषध मुद्दामा पक्राउ परेका अमितकुमार झा, रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया, अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल, बिक्की कार्की र एक जना नाबालक फरार भएका हुन्।

फरार थुनुवाहरूको खोजी कार्य तीव्र रूपमा जारी छ भने सीमा क्षेत्रमा समेत प्रहरीको निगरानी कडा बनाइएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले थुनुवा फरार भएको खबर पाएपछि थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय जाने तयारी गरेको जनाएकाछन्।


  • Jigyasa media

थप