काठमाडौं । सुन्दरीजलको खोलाको किनारमा बिहीबार एक युवतीको शव फेला परेको छ। खोलाको चेपमा अड्किएको अवस्थामा शव भेटिएको हो।
शवको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलतर्फ गएको एसपी नवराज अधिकारीले बताए। उनले भने, "शव फेला परेको सूचना पाउनेबित्तिकै हाम्रो टोली त्यहाँ पुगेको छ। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन, र घटनास्थलको मुचुल्का तयार गरेर शव उठाउने काम भइरहेको छ।"
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
- Jigyasa media