काठमाडौं – दोलखामा बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७:५६ बजे ओराङ आसपास ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि, कात्तिक १० गते पनि दोलखाको लामिडाँडामा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले सो क्षेत्र भूकम्पीय गतिविधिको प्रभावमा रहेको संकेत गरेको छ।
- Jigyasa media