Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

धुलिखेलमा लागुऔषध ब्राउन सुगरसहित तीन व्यक्ति पक्राउ

  •   २ वर्ष अघि | १७ मंसिर २०८१, सोमवार

काभ्रे, मंसिर १७ – जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले लागुऔषध ब्राउन सुगर जस्तै देखिने पदार्थसहित तीन व्यक्तिलाई पक्राउ गरेको छ। धुलिखेल नगरपालिका-९ स्थित बिपी राजमार्गमा प्रहरीले विशेष सुराकीका आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर शंका लागेका तीन व्यक्तिलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा  गाडी भित्र लुकाई रहेको ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको छ । उनीहरू भकुण्डे बेशी बाट धुलिखेल हुँदै काठमाण्डौं जाँदै थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेका अनुसार ०८१ मंसिर १६ गते बेलुका १०:०० बजे प्रहरीले काठमाण्डौ शंखरापुर ९ बस्ने अभिषेक  राजबाहक सोही स्थान बस्ने ३१ वर्षीय किशोर थापा र ३२ वर्षीय विराट थापा लाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत खुलेआम लागुऔषध कारोवारमा सँगलग्न देखिएकोले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले टोयोटा हाइलक्स गाडी चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो। गाडीको भित्र रहेको प्लास्टिकको झोलाभित्र लुकाइएको अवस्थामा ५.५ ग्राम ब्राउन सुगरजस्तै देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।


पक्राउ परेका थापा सँगै उनका साथमा रहेको Samsung मोबाइल फोन थान-१, गाडीको चाबी, र अन्य सामग्रीहरू पनि बरामद गरिएको छ। अनुसन्धानका क्रममा फेला परेका सामग्रीहरूलाई थप परीक्षणका लागि प्रमाणस्वरूप संकलन गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरी पक्राउ परेका व्यक्तिहरूमाथि काभ्रेको जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले लागुऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउन सर्वसाधारणलाई लागुऔषध सेवन र कारोबारमा संलग्न कसैको बारेमा सूचना उपलब्ध गराउन अनुरोध गरेको छ।



  • Jigyasa media

थप