Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

परिवर्तनको लहरमा मौलिकता हराउँदै देउसीभैलो: संस्कृति संरक्षणमा चुनौती

  •   २ वर्ष अघि | १७ कार्तिक २०८१, शनिबार

काठमाडौं — हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व तिहारमा खेलिने देउसीभैलो पछिल्लो समय मौलिक स्वरूप गुमाउँदै गएको छ। परम्परागत देउसीभैलोमा भट्याइने गीत, सारङ्गी, मादल, डम्फू, बाँसुरीका तालमा गाउँदै बजाइने प्राचीन शैली क्रमशः हराउँदै गइरहेको छ। ९० वर्षीय बेनी नगरपालिकाका बेदप्रसाद उपाध्यायका अनुसार, देउसीभैलो आशीर्वाद र मनोरञ्जन दिने माध्यमको सट्टा पैसाको संकलन गर्ने माध्यम बन्दै गएको छ, जसले मौलिकता गुमाउने खतरा बढाएको छ।

त्यस्तै, मंगला गाउँपालिकाका पण्डित हरिकृष्ण पौडेलका अनुसार, हिजोआज देउसीभैलोमा हिन्दी र नेपाली चलचित्रका गीत बजाएर रमाइलो गर्ने चलन बढेको छ। यसरी ठूला आवाजमा गीत बजाउँदा ध्वनि प्रदूषण समेत बढ्ने र स्थानीय बिरामी तथा वृद्धवृद्धालाई असहज हुने अवस्था छ।

बेनीका नैनकुमार श्रेष्ठले भने, "पहिलेका भैलीहरू स्थानीय लोकबाजा र गीतहरूमै आधारित हुन्थे तर अहिलेका देउसीभैलोले हाम्रो संस्कृतिलाई विदेशीकरणको दिशामा धकेल्दैछ।"

यो पर्वलाई यमपञ्चक भनिन्छ, जहाँ कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनसम्म देउसीभैलो खेलिन्छ। लोकसंस्कृतिका जानकार प्रकाश श्रेष्ठले युवा पलायनको कारणले देउसीभैलोमा मौलिकता हराउन थालेको र स्थानीय संस्कृति लोप हुने खतरा रहेको बताए।

देउसीभैलोको यो परिवर्तनले हाम्रो मौलिकता बचाउन स्थानीय तहमा विभिन्न सचेतनाका कार्यक्रम आवश्यकदेखिन्छ।


  • RSS

थप