पाँचखाल।
पाँचखाल नगरपालिका–१३ को कोसीदेखा ठाँटीबाट रोटेपिङतर्फ जाँदै गरेको महेन्द्रा ट्रक दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। पाँचखाल १३ कोशिदेखामुनि बा ४ ख २२०२ नम्बरको निसान गाडी पल्टिएको बताइन्छ ।
स्थानीय मणिराम गौतमका अनुसार मृतकहरु रोटेपिङ दलित बस्तीका कुमार रोका र माइलो रोका हुन्। दुर्घटना आज बिहान भएको हो, र ट्रक अनियन्त्रित भई सडकबाट तल झरेपछि यो दुखद घटना भएको हो। दिनभर बालुवा बोकेर रित्तो ट्रक घरतर्फ फर्कने क्रममा यो घटना भएको स्थानीयले बताएका छन् ।
प्रहरी र स्थानीय बासिन्दाहरु घटनास्थलमा पुगेका छन् भने थप अनुसन्धान कार्य भइरहेकोछ।
- Jigyasa media