Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

कालिकोटमा जीप दुर्घटना: ६ जनाको मृत्यु, १३ गम्भीर घाइते

  •   २ वर्ष अघि | २५ कार्तिक २०८१, आइतवार

कालिकोट — कालिकोट जिल्लाको पलाता गाउँपालिका–५ स्थित राडुकाप्रे खोलामा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने १३ जना गम्भीर घाइते भएका छन्। क १ ज ५६ नम्बरको जीप खिनबाट थिर्पुतर्फ जाँदै गर्दा आइतबार दिउँसो २:३१ बजे दुर्घटनामा परेको थियो।

प्रहरीका अनुसार मृतकमा पलाँता गाउँपालिका–५ निवासी पदमबहादुर बम, पुन्नकला शाही, छाया शाही, भद्र रोकाया, गणेश शाही, र ६ वर्षीय बालक दमन रोकायाको पहिचान खुलेको छ।

दुर्घटनामा घाइते भएका १३ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। घाइतेहरुमा विजय थापा, ईश्वर थापा, केशव थापा, डल्ली बिक, आषुसा विक, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भुपेन्द्र रोकाया, दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया र चालक हस्त बम रहेका छन्।

प्रहरीको भनाइ अनुसार, जीप दुर्घटना स्थलबाट करिब २-३ सय मिटर तल खसेको थियो। घटनाको थप विवरण संकलन भइरहेको जनाइएको छ।

घटनामा दिवंगतप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरौँ।


  • Jigyasa media

थप