पनौती— काभ्रे जिल्लाको पनौती नगरपालिका–६ ठाडोबाटोस्थित निर्माणाधीन भवनमा कार्यरत एक श्रमिकको करेन्ट लागेर मृत्यु भएको छ।
मिति २०८१ भदौ १६ गते साँझ करिब ५ बजे ढलानको काम गर्ने क्रममा २० वर्षीय सबिन चौधरीलाई करेन्ट लागेको थियो। सबिन चौधरी सप्तरी जिल्लाको अग्निसाइरा कृष्णसभरन गा पा १ मा कृष्णसरोबर न.पा. निवासी थिए र हाल प्रहरी एकेडेमीको निर्माणाधीन भवनमा लेबरको रूपमा कार्यरत थिए।
घटनापछि गम्भीर घाइते अवस्थामा रहेका चौधरीलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल पुर्याइएको थियो। अस्पतालमा साँझ ७ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो।
अस्पतालमा खटिएका प्रहरी कर्मचारीले घटनाको जानकारी दिएका छन्। यस घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
- Jigyasa media