काठमाडौं, असोज १० – काठमाडौं महानगरपालिका-२ लैनचौरमा बुधबार राति दुई स्कुटर एकआपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ।
दोलखाको मेलुङ गाउँपालिका-५ का २१ वर्षीय रूपेश केसी बा प्र-०२-०३६ प ७४४९ नम्बरको स्कुटर चलाइरहेका थिए, जब लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटरसँग ठोक्किए।
गम्भीर घाइते भएका केसीलाई शिक्षण अस्पताल, महाराजगञ्जमा लगिए पनि उपचारको क्रममा उनको मृत्यु भयो। अर्का स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- Jigyasa media