काठमाडौं: टोखा नगरपालिका-६ मा रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-३ घर भएकी बालिका आमा दुर्गा सहनीसँग टोखा-८ जल्पा चोकमा बस्दै आएकी थिइन्। आइतबार दिउँसो पोखरीमा डुबेको घटनामा बालिकाको राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।
बालिका पोखरीमा खेल्दा अनाहकमा डुबेको बताइएको छ, र घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको छ।
- Jigyasa media