Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

नागरिक उड्डयन कार्यालयको आग्रह: हवाई सुरक्षामा असर, चङ्गा, ड्रोन, र बेलुन नउडाउनू

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

काठमाडौं, असोज १०: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्र र यसको वरपरका क्षेत्रमा चङ्गा, ड्रोन, र बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ। यसका साथै, लेजर लाइटको प्रयोगमा पनि रोक लगाइएको छ।

नागरिक उड्डयन कार्यालयले दशैंको समयमा चङ्गा उडाउने प्रचलनले हवाई सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै विशेष सूचना जारी गरेको छ। कार्यालयका अनुसार यस्ता गतिविधिहरूले विमानको आवागमनमा अवरोध पुर्‍याउन सक्ने भएकोले प्रतिबन्ध आवश्यक भएको हो।

हवाई सुरक्षा अधिकारीहरूले चङ्गा, ड्रोन, वा बेलुनको उडानले जहाज उडानका क्रममा जटिलता उत्पन्न गर्न सक्ने चेतावनी दिएका छन्। त्यसैले नागरिक उड्डयन कार्यालयले सबैलाई यस सूचनाको पालना गर्न र हवाई सुरक्षामा कुनै अवरोध नपुर्‍याउन आग्रह गरेको छ।

यदि कसैले यो सूचनाको उल्लङ्घन गरेमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी पनि कार्यालयले दिएको छ।

सावधानी अपनाउनु, सुरक्षामा योगदान दिनु सबैको कर्तव्य हो।


  • Jigyasa media

थप