Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

चट्याङ लाग्दा २४ वर्षीया युवतीको मृत्यु

  •   २ वर्ष अघि | ५ असोज २०८१, शनिबार

बागलुङ: निसीखोला गाउँपालिका-३, किटनीमा शुक्रबार राति चट्याङ लागेर २४ वर्षीया रजना बुढाको मृत्यु भएको छ। आफ्नो घरभित्र बसिरहेको बेला चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार, राति १ बजे स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा चट्याङ लागेको सूचना दिएपछि तत्कालै प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। उद्धारमा प्रहरी वरिष्ठ हवल्दार केशव बुढाथोकीको नेतृत्वमा दुई जना खटिएका थिए।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा सात जनाको टोली खटाइएको छ। मृतक बुढाको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ।

प्राकृतिक विपत्तिका कारण भएको यस दुःखद घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ।


  • Jigyasa media

थप