Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

चक्रवात 'दाना'को प्रभावले भारतमा भारी वर्षा, तटीय क्षेत्रमा जनजीवन प्रभावित

  •   २ वर्ष अघि | ९ कार्तिक २०८१, शुक्रबार

नयाँ दिल्ली। पूर्वी भारतीय राज्य ओडिसा र पश्चिम बंगालमा शुक्रबार चक्रवात 'दाना'को कारणले भारी वर्षा भएको छ, जसले तटीय क्षेत्रका जनजीवनमा असर पारेको छ। भारतीय अधिकारीहरूका अनुसार चक्रवातले बिहीबार मध्यरातमा ओडिसाको केन्द्रपारा र भद्रकका बीचको क्षेत्रमा अवतरण गर्‍यो।

अवतरणको क्रममा लगभग १००–११० किलोमिटर प्रतिघण्टाको गति रहेको चक्रवातले विभिन्न ठाउँमा रूख ढलाउनुका साथै विद्युत् लाइनहरूमा क्षति पुर्‍याएको छ। यसले स्थानीय यातायात र आवश्यक सेवामा अवरोध सिर्जना गरेको जनाइएको छ। चक्रवातले खेतबारीमा पनि व्यापक क्षति पुर्‍याएको बताइएको छ, तर अहिलेसम्म कुनै हताहतको सूचना आएको छैन।

भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात 'दाना' अब उत्तर–पश्चिम दिशामा कमजोर हुँदै अगाडि बढ्नेछ। अवतरणपछि अब यो चक्रवात क्रमशः कमजोर बन्दै जाने बताइएको छ।

चक्रवातको असरलाई ध्यानमा राख्दै भुवनेश्वर र कोलकातामा हवाई तथा रेल सेवा केही समयका लागि स्थगित गरिएको थियो, जुन पुनः शुक्रवार बिहानदेखि सञ्चालनमा आएको छ।

यस विपत्तिबाट प्रभावित क्षेत्रका करिब दश लाख नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। साथै, विद्यालयहरू पनि बन्द गरिएको छ। विपद् व्यवस्थापनको लागि स्थानीय निकायहरूले प्रहरी, चिकित्सा टोली, र राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरूलाई तैनाथ गरेका छन्।


(स्रोत: रासस, सिन्ह्वा)


  • Jigyasa media

थप