Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

छविलाल जोशीसँग साढे ७ घण्टाको बयान, ५७ प्रश्नमा सवालजवाफ

  •   २ वर्ष अघि | ६ कार्तिक २०८१, मङ्लबार

भैरहवा कात्तिक ६ – पूर्वडीआइजी छविलाल जोशीलाई मंगलबार भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा ७ घण्टा ३० मिनेटसम्म बयान लिइएको छ। गोरखा मिडिया नेटवर्कका संचालक जोशीलाई सुप्रिम सहकारी ठगी प्रकरणमा सोधपुछ गर्न सोमबार पोखराबाट ल्याइएको थियो।

मंगलबारको बयानका क्रममा जिल्ला सरकारी वकिल प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डित र अनुसन्धान अधिकृत यमलाल बन्जाडे लगायतका टोलीले ५७ प्रश्न सोधेका थिए। बयान सकिएपछि जोशीलाई प्रहरीले बाहिर लगेको बताइएको छ।

सुप्रिम सहकारीको ७८ करोडभन्दा बढी सर्वसाधारणको बचत रकम अपचलनको अनुसन्धानमा जोशी जोडिएका छन्। संसदीय छानबिन समितिले यसअघि गोरखा मिडियामा १४ करोड २९ लाखभन्दा बढी रकम अवैधानिक रूपमा लगिएको खुलासा गरेको थियो।

यसैबीच, रुपन्देही जिल्ला अदालत अगाडि सहकारी पीडितहरूले विरोध प्रदर्शन गरेका छन्। सुप्रिम सहकारी पीडित संघर्ष समितिमार्फत विरोध कार्यक्रमको आयोजना गरिएको हो।

अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ भने केही आरोपीहरु फरार रहेका छन्।


  • Jigyasa media

थप