Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

अनामनगर लगायत विभिन्न क्षेत्रमा आज विद्युत् अवरुद्ध हुने

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

काठमाडौँ - काठमाडौँको अनामनगर र वरपरका विभिन्न क्षेत्रमा आज बिहानदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएअनुसार, रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो क्षेत्रसम्म केबल तान्ने कार्य गरिन लागेकाले विद्युत् अवरुद्ध हुने भएको हो।

विद्युत् अवरुद्ध हुने स्थानहरूमा अनामनगर पूर्वीगेट हुँदै हनुमान स्थान, सिंहदरबार दक्षिणगेट हुँदै न्युरो हस्पिटल अगाडि, प्रभु बैंक अगाडि, धोबीखोलासम्म, सेतोपुल, मैतीदेवी, जाली कारखाना, घटेकुलो क्षेत्र, र गोर्खा एफएम सम्मका क्षेत्रहरू समेटिएका छन्। 

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध रहने जानकारी दिएको छ। यो समयमा प्रभावित क्षेत्रका बासिन्दाहरूले वैकल्पिक व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

  • Jigyasa media

थप