काभ्रे ।
पछिल्लो समय जिल्लामा हत्याको घटनाका शृंखला बढ्दो क्रममा आइरहेको छ । यसैबीच अंश विवाद उत्कर्षमा पुग्दा जेठो छोराले आफ्नै बुवाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले घटना सम्बन्धमा आईतबार पत्रकार सम्मेलन गरी घटना बारे जानकारी दिएको हो ।
कार्तिक १० गते साँझ ६ बजेको समयमा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ०७ धारापानी स्थित पुजारी थुम्का बस्ने वर्ष ७४ को बल बहादुर श्रेष्ठ आफ्नै घरमा आफु सुत्ने कोठामा मृत अवस्थामा भेटिन्छन् ।
उनलाई आफ्नै छोरीले मृत फेला पारी काकालाई खबर गरेकी थिइन् । सो घटना स्थानिय प्रहरी चौकी भकुण्डेबशीमा खबर प्राप्त हुनासाथ भकुण्डेबेशीबाट वरिष्ठ प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटि गई घटनास्थल सुरक्षित गरिएको हुन्छ । र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी निरीक्षकको कमाण्डमा SOCO अधिकृत सहितको टोली खटि गई प्रारम्भिक अनुसन्धान गरिएको थियो ।
आफ्नो बुवा संग यस अघि पनि पटक पटक झगडा गरेर प्रहरी चौकी पुगेको भए पनि उनलाई उनकै मृतक बुवाले निकालेर ल्याउने गरेको प्रहरीले जनाएको छ ।
कार्तिक ८गते को साँझको घटना पश्चात फरार रहेको मृतकको आफ्नै जेठो छोरा वर्ष ४४ को रामलाल श्रेष्ठलाई कार्तिक २३ गते स्थानीयको सहयोगमा पाखामा लुकिरहेको आवस्थामा प्रहरीद्वारा पक्राउ गरिएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा कार्तिक ८ गते साँझ ८ वजेको समयमा स-परिवार खाना खाई सुत्न भनि चोटा (माथिल्लो तल्ला) मा गई सके पश्चात बुबासँग अंश मागेको, बुबाले अंश दिन ईन्कार गरी भाईहरुलाई पनि बोलाए पछि मात्र अंश दिने कुरा भनेपछि, बुबा-छोरा विच भनाभन भएको थियो ।,तत पश्चात छोराले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरी बुबाको छेउमा रहेको हँसियाले टाउकोमा ४/५ पटक प्रहार गरेपछि नजिकै रहेको ढोकामा लगाउने आग्लोको रुपमा प्रयोग गर्ने गरेको फलामको गल निकाली प्रहार गर्दा बुबा भुँईमा ढलेको र सोही समयमा गलले घाँटी थिचेर हत्या गरी छोरा भागी फरार भएको प्रहरीले खुलाएको छ। फरार रहेका उनलाई खोजतलास गर्दै जाने क्रममा घर नजिकैको ढोडेनी वनमा लुकी छिपी बसेको अवस्थामा कार्तिक २३ गते पक्राउ गरी मिति २०८१/०७/२५ गते काभ्रेपलाञ्चोक जिल्ला अदातलतबाट दिन-७ (सात) को म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका
सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।
- Jigyasa media