Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि...

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 


आयोगले शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध मुद्दा दायर गरेको हो।


राससका अनुसार, कृषि समूहको बिल भुक्तानी गर्दा सेवाग्राहीसँग कमिसन वापत रु चार लाख १२ हजार बराबरको घुस र रु दुई लाख ५० हजार बराबरको दुई वटा चेकसहित (कुल रु पाँच लाख) केही दिनअघि आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। 


आयोगले रु नौ लाख एक हजार बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

  • Jigyasa media

थप