Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

मकवानपुरमा सामूहिक बलात्कार आरोपमा श्रीमान पक्राउ, दुई किशोर फरार

  •   २ वर्ष अघि | ३ कार्तिक २०८१, शनिबार

कात्तिक ३, हेटौंडा मकवानपुरको मनहरी गाउँपालिकामा ५० वर्षीय महिलामाथि सामूहिक बलात्कारको गम्भीर घटना सार्वजनिक भएको छ। पीडित महिलाले आफ्नै श्रीमान र दुई किशोरमाथि उक्त घटना घटाएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि श्रीमानलाई पक्राउ गरिएको छ भने दुई किशोर फरार रहेका छन्।

प्रहरीका अनुसार घटना असोज ३० गते राति पीडित महिलाको घरमै घटेको थियो। श्रीमानसहित १९ र २० वर्षका दुई किशोरले महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा महिलाले १ कात्तिकमा उजुरी दिएकी थिइन्। मकवानपुर प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले घटनाको अनुसन्धान भइरहेको र दोषीलाई चाँडै कानुनी दायरामा ल्याइने जानकारी दिएका छन्।

महिलालाई हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। आरोपित दुई किशोरको पहिचान अझै नखुलेकोले प्रहरी फरार आरोपितको खोजीमा सक्रिय रहेको छ।

  • Jigyasa media

थप