सप्तरी — कञ्चनरुप नगरपालिका–४, त्रियुगा नदीमा आज नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु भएको छ भने एकजना अझै बेपत्ता रहेकी छिन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय श्रवण महतोकी ९ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी ८ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर ज्यान गएको हो।
तीन बालिका नुहाउने क्रममा डुबेपछि दुईको मृत्यु भएको र कञ्चनरुप–४, जगतपुरका ८ वर्षीया काजल खंग अझै बेपत्ता रहेको प्रहरी निरीक्षक उदायकुमार रायले जानकारी दिएका छन्। हराएकी बालिकाको खोजी कार्य स्थानीय र सुरक्षाकर्मीको सहयोगमा जारी रहेको बताइएको छ।
- Jigyasa media