बझाङ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–९ रिठापाटा देवलका २४ वर्षीय हिक्मत नेपाली सेती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीका अनुसार आज दिउँसो ४ बजे नेपाली माछा मार्ने क्रममा सेती नदीमा एक्कासि चिप्लिएर नदीमा बेपत्ता भएका हुन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ भने नेपालीको खोजीकार्य जारी रहेको छ।
- Jigyasa media