Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

सुत्केरीको मृत्यु: परिवारद्वारा अस्पताललाई विमामी मारिएको आरोप, बच्चा सिकिस्त

  •   २ वर्ष अघि | ८ भदौ २०८१, शनिबार

विराटनगर, मोरङ । - मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा शुक्रबार साँझ २५ वर्षीया सवना खातुनको प्रसूतिपछि मृत्यु भएको छ, जबकि नवजात बच्चा गम्भीर अवस्थामा छन्। सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-२ की खातुनलाई बिहीबार साँझ प्रसूतिका लागि अस्पताल भर्ना गरिएको थियो। शुक्रबार दिउँसो भ्याकुमको सहायताले प्रसूति गराइएको भए पनि, आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई आईसीयूमा भर्ना गरियो। केही समयपछि खातुनको मृत्यु भएको अस्पतालले जानकारी गराएको छ, र बच्चाको स्वास्थ्यमा केही सुधार देखिए पनि अवस्था अझै सिकिस्त छ।

परिवारजनले चिकित्सकको लापरबाहीको आरोप लगाउँदै, घटनाको विरोधमा नाराबाजी र प्रदर्शन सुरु गरेका छन्। उनीहरूले दोषी चिकित्सकलाई कारबाहीको माग राख्दै, मृतकका परिवारलाई क्षतिपूर्ति र बच्चाको पालनपोषणको जिम्मा अस्पतालले लिनुपर्ने अडान लिएका छन्। 

अस्पताल प्रशासन र मृतकका परिवारजनबीच शनिबार बिहानैदेखि वार्ता चलिरहेको छ। सुरक्षाको दृष्टिकोणले अस्पतालको मुख्य गेट बन्द गरिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिएका छन्।

अस्पतालका संयोजक सुनील देवले प्रसूतिका क्रममा लापरबाही नभएको दाबी गरेका छन्। उनले सवना खातुनको मुटुमा अचानक समस्या आएपछि आईसीयूमा भर्ना गरिएको भए पनि उनको ज्यान बचाउन नसकिएको बताए। घटनाबारे विस्तृत छानबिनपछि मात्र वास्तविकता पत्ता लाग्ने उनको भनाइ छ। 

अस्पतालमा अहिले पनि मृतकका आफन्तजनले शव बुझ्न अस्वीकार गर्दै दोषीमाथि कारबाहीको माग गरिरहेका छन्, जसले गर्दा परिस्थिति तनावपूर्ण बनेको छ।

  • Jigyasa media

थप