Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

मानव तस्करी आरोपमा पूर्वमन्त्री अधिकारी थप पाँच दिन हिरासतमा

  •   २ वर्ष अघि | ४ मंसिर २०८१, मङ्लबार

काठमाडौं। जापानमा मानव तस्करीको आरोपमा अनुसन्धान भइरहेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

यसअघि सात दिनको म्याद सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई जिल्ला सरकारी वकिलमार्फत अदालतमा पेश गरेको थियो। अदालतले थप अनुसन्धान आवश्यक भएको भन्दै पाँच दिनको म्याद थप गर्ने निर्णय गरेको हो।

पूर्वमन्त्री अधिकारीमाथि मानव तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ। जापानमा मानव तस्करीको घटनामा उनको भूमिकाबारे थप प्रमाण संकलन गर्न प्रहरी सक्रिय रहेको छ।

उक्त मुद्दाले नेपालको राजनीतिमा ठूलो चर्चा पाएको छ भने मानव तस्करीजस्ता गम्भीर अपराधमा संलग्नता सम्बन्धी छानबिनले सबैको ध्यान खिचेको छ।


  • Jigyasa media

थप