Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

अमेरिकामा ‘मिल्टन’ तुफानको आतंक, शताब्दीकै शक्तिशाली हुने आशंका

Adhi

  •   २ वर्ष अघि | २३ असोज २०८१, बुधबार

२३ असोज, काठमाडौं। अमेरिकाको फ्लोरिडा र आसपासका क्षेत्रहरूमा ‘मिल्टन’ नामक शक्तिशाली तुफानले त्रास फैलाएको छ। टाम्पा खाडी क्षेत्रतर्फ बढ्दै गर्दा यो तुफान अझै प्रबल बन्दै गएको छ। अमेरिकी मौसम विज्ञान विभागले यसलाई पाँचौं श्रेणीको तुफानको रूपमा वर्गीकृत गरेको छ, जुन शताब्दीकै शक्तिशाली तुफान हुने अनुमान छ।

फ्लोरिडामा तुफानको प्रभाव बढी पर्ने भएकाले ह्वाइटहाउसले आपतकाल घोषणा गरिसकेको छ। स्थानीयहरूले यति शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन्। मौसम प्रतिकूल हुने संकेत पाएपछि हजारौं हवाई उडान रद्द गरिएको छ, जसमा १५०० भन्दा बढी उडानहरु मात्र बुधबारका लागि रद्द भएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जर्मनी र अंगोलाको भ्रमण स्थगित गर्दै प्रभावित क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। उनले भनेका छन्, "यो जीवन र मृत्युको सवाल हो। प्रार्थना गर्दछु कि स्थिति अझ खराब नहोस।"

नेशनल हरिकेन सेन्टरका अनुसार ‘मिल्टन’ तुफानको केन्द्र अहिले टाम्पा खाडीबाट १३०० किलोमिटर पश्चिम–दक्षिणपश्चिममा छ। तुफान १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ र बुधबार साँझसम्म टाम्पा खाडी क्षेत्रलाई ठक्कर दिने सम्भावना छ। यसको असरले मध्य फ्लोरिडा हुँदै एटलान्टिक महासागरतर्फ अघि बढ्ने अनुमान गरिएको छ।

तटीय क्षेत्रमा ठूलो क्षति हुने सम्भावनाले हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। अनुमान गरिए अनुसार यो तुफानका कारण समुद्रमा १०–१५ फिट अग्लो छाल उठ्नसक्छ र भारी वर्षाका कारण बाढी आउन सक्ने चेतावनी दिइएको छ। बस्तीमा झ्यालहरू बाहिरबाट काठका फल्याक ठोकेर सुरक्षाका उपायहरू अपनाइएका छन्।

यसअघि हेलेन तुफानले अमेरिकामा ठूलो क्षति पुर्‍याएको थियो, जसमा १३० जनाको ज्यान गएको थियो। यो वर्ष मात्र अमेरिकामा अगष्ट र सेप्टेम्बर महिनामा चारपटक तुफान आइसकेका छन्।


  • Jigyasa media

थप