Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

महोत्तरीको अधिकाँश बस्ती डुबानमा

  •   २ वर्ष अघि | २७ असार २०८१, बिहिबार

महोत्तरी । मंगलबारदेखिको लगातार वर्षाले महोत्तरी जिल्लाका केही क्षेत्रहरू डुबानमा परेका छन् । जिल्लाको बर्दिवास–२ र १४ का १०० भन्दा बढी घर डुबानमा परेका छन् । लागातारको वर्षाले एकीकृत नमुना मुसहर बस्तीसँगै वरपरका टोलमा खोल्सी र नालाको पानी बस्तीमा पसेपछि घरहरू डुबानमा परेका हुन् ।

चुरेबाट बग्ने खोल्सी अतिक्रमण गरी घरटहरा बनाउँदा समस्या भएको पीडितले बताए । चुरेदेखि नै स्थानीयले आफ्नो ढंगले नियन्त्रण गर्दा खोल्सीले बाटो खोज्दै बस्तीलाई क्षति पु¥याएको स्थानीयको भनाइ छ ।

पानीको निकास नहुँदा खोल्सी, नाला र निर्माण हुँदै गरेको रेल्वेको ड्यामले पनि बस्तीमा जोखिम निम्तिएको स्थानीयले बताएका छ्न् । रेल्वेले तत्कालै नाला नबनाउने हो भने बर्दिवासमा अझ बढी समस्या निम्तिने उनीहरूको भनाइ छ ।

रेल्वेको ड्याम कसेर नाला नबनाउँदा पानी घरभित्र पसेको मिठु थापाले बताइन् । मंगलबार बिहान ४ बजेबाट लगातार परेको पानीले घरमा पानी भरिएपछि सडकमै बास भएको थापाले बताइन् । घरमा जलमग्न भएपछि खान बस्न समस्या भएको र घरका अन्नपात र सरसामान सबै डुबेर बर्बाद भएको उनले बताइन् ।

बर्दिवास–१४ का अध्यक्ष विजय महतोले बस्तीबाट पानीको निकास निकाल्न पहल भइरहेको बताए । केही ठाउँमा पालिकाको डोजर लगाएर पानी खोल्ने काम गरिएको र समस्या भएका अन्य ठाउँमा पनि तत्काल गर्न सकिने काम तत्काल गरिने महतोले बताए ।

  • Reporter

थप