Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

जनकपुरमा हिन्दु–मुस्लिमबीच विवाद, ढुंगामुढामा एक घाइते

  •   १ वर्ष अघि | १४ भदौ २०८२, शनिबार

जनकपुरधाम, भदौ १४ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित झण्डा चोकमा शनिबार साँझ हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवाद ढुंगामुढामा परिणत भएको छ।

प्रहरीका अनुसार, हिन्दु समुदायका करिब २५०–३०० जना सहभागी भएको समूहले गणेशको मुर्ति विसर्जनका लागि जुलुस मुस्लिम बस्ती हुँदै लैजाने क्रममा विवाद सुरु भएको थियो। विवाद चर्किँदै जाँदा करिब ५०–६० जना मुस्लिम समुदायका व्यक्तिहरू पनि भिडमा सहभागी भएपछि दुवै पक्षबीच ढुंगामुढा भएको हो।

यस क्रममा एक जना स्थानीय घाइते भएको पुष्टि प्रहरीले गरेको छ।

अश्रुग्यास र सशस्त्र तैनाथ

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो भने सशस्त्र प्रहरीले पनि २ वटा ग्यास सेल फायर गरेको जनाइएको छ।

थप तनाव नियन्त्रणमा राख्नका लागि प्रस्तावित सीमा सुरक्षा गुल्म, जटहीबाट कमाण्डर सप्रनाउको नेतृत्वमा ७० जना सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोली खटाइएको छ।

स्थिति नियन्त्रणमा, सतर्कता उच्च

हाल विवादित क्षेत्र नियन्त्रणमा रहेको र थप सम्भावित झडप रोक्न सुरक्षा सतर्कता उच्च स्तरमा बढाइएको प्रहरीको भनाइ छ।

 सुरक्षा निकायले दुबै समुदायका अगुवाहरूसँग छलफल गरी आपसी मेलमिलाप कायम गर्न पहल थालेको पनि जनाएको छ।

  • Jigyasanepal

थप