Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

बुटवलमा सुकुम्बासीको चेतावनी: ‘बस्तीमा डोजर चले जनप्रतिनिधिको घर पनि सुरक्षित रहँदैन’

  •   ४ महिना अघि | २४ बैशाख २०८३, बिहिबार

बुटवल, वैशाख २४ — सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने प्रक्रिया अघि बढाएपछि रुपन्देहीमा भूमिहीन तथा सुकुम्बासीहरूले कडा विरोध जनाएका छन्। बस्ती खाली गर्न जारी गरिएका सूचनाविरुद्ध बुटवलमा प्रदर्शन गर्दै उनीहरूले जबर्जस्ती डोजर चलाइए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

वन कार्यालय र स्थानीय प्रशासनले विभिन्न क्षेत्रमा बस्ती हटाउने तयारी थालेपछि आक्रोशित बनेका आन्दोलनकारीहरूले आफूहरू दशकौँदेखि बसोबास गर्दै आएको स्थानबाट हटाउन खोजिनु अन्यायपूर्ण भएको बताएका छन्।

प्रदर्शनका क्रममा नेकपा माओवादी युवा नेता तथा रुपन्देही सेक्रेटरी वीरेन्द्र विक ले राज्यले नागरिकबाट कर उठाउने, मतदान गराउने तर बसोबासलाई अवैध ठहर गर्नु दोहोरो व्यवहार भएको आरोप लगाए। उनले प्रधानमन्त्री बालेन्द्र शाह लाई चेतावनी दिँदै “यदि हामी बसेको जमिन अवैध हो भने हाम्रो मतबाट बनेको सरकार कसरी वैध हुन्छ?” भन्दै प्रश्न उठाए।

उनका अनुसार सुकुम्बासीहरू पनि कर तिर्ने, मतदान गर्ने र राज्यप्रति दायित्व पूरा गर्ने वैधानिक नागरिक हुन्। विगतमा राजतन्त्रकालमा हुकुम प्रमाङ्गीमार्फत जग्गा वितरण भएको स्मरण गराउँदै उनले देशको सम्पूर्ण जमिन अन्ततः राज्यकै सम्पत्ति भएको तर्क गरे।

त्यसैगरी खड्ग बहादुर पौडेल, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीका संयोजक, ले कुनै पनि बस्तीमा डोजर चलाइए देशभरका सुकुम्बासी एकजुट भएर प्रतिरोधमा उत्रिने चेतावनी दिए। उनले सम्बन्धित जनप्रतिनिधिहरूको घर घेराउ गर्ने र आन्दोलन थप सशक्त बनाउने घोषणा समेत गरे।

आन्दोलनकारीहरूले रुपन्देहीमा मात्रै ७९ हजारभन्दा बढी अव्यवस्थित बसोबासी रहेको तथ्यांक प्रस्तुत गर्दै आवश्यक परे डेढ लाख मानिस सडकमा उतार्ने दाबी गरेका छन्।

६०–७० वर्षदेखि बसोबास गर्दै आएको, विद्युत्, खानेपानी लगायतका सेवा शुल्क र कर नियमित तिरिरहेको उल्लेख गर्दै उनीहरूले लालपुर्जा पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताएका छन्।

प्रमुख राजनीतिक दल र स्थानीय सरकारप्रति पनि असन्तुष्टि जनाउँदै आन्दोलनकारीहरूले निर्वाचनका बेला आश्वासन दिने तर अहिले बस्ती हटाउन खोजिएको आरोप लगाएका छन्।

  • Jigyasanepal

थप