Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित

  •   २ वर्ष अघि | ११ मंसिर २०८१, मङ्लबार

११ मंसिर, बुटवल। नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको छ।

पार्टीको हित विपरीत कार्य गर्दै गालीगलौज र सामाजिक सञ्जालमा विवादित गतिविधि गरेकाले चौधरीलाई कारबाही गरिएको हो। चौधरी बाँके क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद र पूर्वमन्त्री हुन्। उनी मुख्यमन्त्री लिला गिरीको मन्त्रिमण्डलमा मन्त्रीको रूपमा कार्यरत थिए।

बाँके जिल्ला अध्यक्ष निरक गुरुङका अनुसार पार्टी विधानअनुसार जिम्मेवार पदमा रहेका नेताले पार्टीलाई नोक्सानी पुर्‍याएमा कारबाहीको प्रावधान छ। “चौधरीले पार्टीविरोधी गतिविधि गरेकाले उनलाई निलम्बन गरिएको हो,” गुरुङले बताए। यस निर्णयमा बाँके जिल्ला कमिटीको सचिवालय बैठकले सहमति दिएको थियो।

पार्टीका एक नेताका अनुसार चौधरी कुनै पनि पार्टी कमिटीमा नरहेकाले उनलाई जिल्ला कमिटीले सदस्य पदबाट निलम्बन गरेको हो।

चौधरी माओवादीबाट एमालेमा प्रवेश गरेका नेता हुन्। उनी यसअघि लुम्बिनी प्रदेश कमिटीको उपसचिव पदमा थिए। तर, गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा उक्त पदमा पराजित भएका थिए।

चौधरीमाथिको यो कारबाहीले एमालेभित्रको अनुशासन र एकता कायम राख्न खोजिएको संकेत गरेको छ।


  • Jigyasa media

थप