Breaking News
कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||    

लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित

  •   २ वर्ष अघि | ११ मंसिर २०८१, मङ्लबार

११ मंसिर, बुटवल। नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको छ।

पार्टीको हित विपरीत कार्य गर्दै गालीगलौज र सामाजिक सञ्जालमा विवादित गतिविधि गरेकाले चौधरीलाई कारबाही गरिएको हो। चौधरी बाँके क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद र पूर्वमन्त्री हुन्। उनी मुख्यमन्त्री लिला गिरीको मन्त्रिमण्डलमा मन्त्रीको रूपमा कार्यरत थिए।

बाँके जिल्ला अध्यक्ष निरक गुरुङका अनुसार पार्टी विधानअनुसार जिम्मेवार पदमा रहेका नेताले पार्टीलाई नोक्सानी पुर्‍याएमा कारबाहीको प्रावधान छ। “चौधरीले पार्टीविरोधी गतिविधि गरेकाले उनलाई निलम्बन गरिएको हो,” गुरुङले बताए। यस निर्णयमा बाँके जिल्ला कमिटीको सचिवालय बैठकले सहमति दिएको थियो।

पार्टीका एक नेताका अनुसार चौधरी कुनै पनि पार्टी कमिटीमा नरहेकाले उनलाई जिल्ला कमिटीले सदस्य पदबाट निलम्बन गरेको हो।

चौधरी माओवादीबाट एमालेमा प्रवेश गरेका नेता हुन्। उनी यसअघि लुम्बिनी प्रदेश कमिटीको उपसचिव पदमा थिए। तर, गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा उक्त पदमा पराजित भएका थिए।

चौधरीमाथिको यो कारबाहीले एमालेभित्रको अनुशासन र एकता कायम राख्न खोजिएको संकेत गरेको छ।


  • Jigyasa media

थप