Breaking News
कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||    

लुम्बिनीका वनमन्त्री कुर्मीको राजीनामा स्वीकृत

  •   २ वर्ष अघि | २६ भदौ २०८१, बुधबार

लुम्बिनी।

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले दिएको राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार कुर्मीको राजीनामा स्वीकृत गरेका हुन्। बाँके क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कुर्मीले साउन ९ गते वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

मन्त्रीमा नियुक्त भएयता कुर्मी विभिन्न विवादमा मुछिएका थिए, जसका कारण मानव अधिकारकर्मीहरू समेतले उनको आलोचना गर्दै आएका थिए। आफ्नो विरुद्ध उठेका आरोपहरूको निष्पक्ष छानबिनका लागि मार्ग खुला गर्न आफूले राजीनामा दिएको कुर्मीले बताएका छन्।

राजीनामा स्वीकृत भएपछि लुम्बिनी प्रदेश सरकारमा मन्त्रीको खाली रहेको स्थानमा नयाँ नियुक्तिको चर्चा चल्न थालेको छ।


  • Jigyasa media

थप