Breaking News
कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||    

लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेका चेतनारायण आचार्य बन्ने तयारी

  •   २ वर्ष अघि | ७ साउन २०८१, सोमवार

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमालेका लुम्बिनी संसदीय दलका उपनेता समेत रहेका चेतनारायण आचार्य बन्ने भएका छन् । यसअघि कांग्रेस–एमालेबीच संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् ।


एमाले लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीबाट लुम्बिनीको मुख्यमन्त्री आचार्यलाई बनाउन निर्देशन भएको बताए ।


केन्द्रीय अध्यक्षबाट नै चेतनारायणलाई बनाउन निर्देशन आएपछि गिरी ब्याक हुनुपरेको उनले बताए । अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।


उपनेता आचार्यले पार्टीले आफूलाई सरकारको नेतृत्वको जिम्मेवारी दिएको र सोही अनुसार मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न जाने तयारीमा रहेको बताए ।

  • Jigyasa media

थप