Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

नयाँ पुस्ताको आवाज: कवि सन्तोषी पाण्डेको ‘सुमेरण’ सार्वजनिक

  •   ६ महिना अघि | ७ बैशाख २०८३, सोमवार

काठमाडौं, वैशाख ७ ।

नेपाली साहित्यमा नयाँ पुस्ताको उपस्थितिलाई थप मजबुत बनाउँदै कवि सन्तोषी पाण्डेको पहिलो कविताकृति ‘सुमेरण’ सार्वजनिक गरिएको छ। साहित्यिक पत्रकार संघ को आयोजनामा सोमबार आयोजित कार्यक्रममा कृतिको औपचारिक विमोचन गरिएको हो।

अनुभूतिको गहिराइ बोकेको कृति

कृतिको विमोचन गर्दै साहित्यकार प्रमोद प्रधान ले नेपाली साहित्य र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

उनले कवि सन्तोषीका कवितामा गहिरो अनुभूति र संवेदनशीलता झल्किएको उल्लेख गर्दै भने “यो उनको पहिलो पाइला हो, तर सम्भावना ठूलो छ।”

 सम्पादन र सिर्जनाको समन्वय

कृतिका सम्पादक विमल भौकाजी ले सन्तोषीका कविताले आफूलाई छोएकै कारण सम्पादनको जिम्मेवारी लिएको बताए।

त्यस्तै, साहित्यकार राधेश्याम लेकाली ले कुनै पनि कृतिको गुणस्तरीय सम्पादनले त्यसलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सक्ने धारणा राखे।

 ‘सुमेरण’: जीवनका अनुभूतिहरूको अभिव्यक्ति

कृतिकार सन्तोषी पाण्डेले आफ्नो लेखन यात्राबारे बोल्दै ‘सुमेरण’मा समेटिएका कविताहरू आफ्ना जीवनका भावना, अनुभव र संवेदनाहरूको अभिव्यक्ति भएको बताइन्।

कार्यक्रममा प्रकाशक केशव पराजुलीले पनि कृतिको महत्व र सम्भावनाबारे धारणा राखेका थिए।

  • Jigyasanepal

थप