Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

नयाँ पुस्ताको आवाज: कवि सन्तोषी पाण्डेको ‘सुमेरण’ सार्वजनिक

  •   ५ महिना अघि | ७ बैशाख २०८३, सोमवार

काठमाडौं, वैशाख ७ ।

नेपाली साहित्यमा नयाँ पुस्ताको उपस्थितिलाई थप मजबुत बनाउँदै कवि सन्तोषी पाण्डेको पहिलो कविताकृति ‘सुमेरण’ सार्वजनिक गरिएको छ। साहित्यिक पत्रकार संघ को आयोजनामा सोमबार आयोजित कार्यक्रममा कृतिको औपचारिक विमोचन गरिएको हो।

अनुभूतिको गहिराइ बोकेको कृति

कृतिको विमोचन गर्दै साहित्यकार प्रमोद प्रधान ले नेपाली साहित्य र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

उनले कवि सन्तोषीका कवितामा गहिरो अनुभूति र संवेदनशीलता झल्किएको उल्लेख गर्दै भने “यो उनको पहिलो पाइला हो, तर सम्भावना ठूलो छ।”

 सम्पादन र सिर्जनाको समन्वय

कृतिका सम्पादक विमल भौकाजी ले सन्तोषीका कविताले आफूलाई छोएकै कारण सम्पादनको जिम्मेवारी लिएको बताए।

त्यस्तै, साहित्यकार राधेश्याम लेकाली ले कुनै पनि कृतिको गुणस्तरीय सम्पादनले त्यसलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सक्ने धारणा राखे।

 ‘सुमेरण’: जीवनका अनुभूतिहरूको अभिव्यक्ति

कृतिकार सन्तोषी पाण्डेले आफ्नो लेखन यात्राबारे बोल्दै ‘सुमेरण’मा समेटिएका कविताहरू आफ्ना जीवनका भावना, अनुभव र संवेदनाहरूको अभिव्यक्ति भएको बताइन्।

कार्यक्रममा प्रकाशक केशव पराजुलीले पनि कृतिको महत्व र सम्भावनाबारे धारणा राखेका थिए।

  • Jigyasanepal

थप