Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

साहित्यकार राधादेवी राजवंशीका दुई कृतिमाथि सुनकोसीले गर्यो विश्लेषणात्मक परिचर्चा

  •   १ वर्ष अघि | ३ असार २०८२, मङ्लबार

काठमाडौं, असार ३ | जिज्ञासा नेपाल

नेपाली साहित्यको एक समर्पित नाम राधादेवी राजवंशीका दुई कृतिमाथि गम्भीर बहस र समीक्षा हुने विशेष परिचर्चा कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न भएको छ।

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा राजवंशीद्वारा लिखित ‘छोरीको साहस’ (कथासंग्रह) र ‘अनुभूतिका लहरहरू’ (कवितासंग्रह) माथि साहित्यिक विमर्श गरिएको हो।

 कथा र कवितामा समाजको गहिरो चित्रण

कथासंग्रह छोरीको साहसमाथि समीक्षक दिपक लोहनीले चर्चा गर्दै भने,

> “२२ वटा फरक शीर्षकका कथाहरुले मानिसको अन्तरविरोधी मानसिकतालाई उजागर गर्छन्। शिक्षण, सांस्कृतिक र सामाजिक धरातलमा उभिएका यथार्थवादी कथा हुन् यी।

उनले कथाकारको विषय चयन सशक्त रहेको उल्लेख गर्दै अझ सशक्त ढाँचामा प्रस्तुत गर्न सकिने सम्भावनाको संकेत पनि गरे।

अर्का समीक्षक ध्रुवराज थापाले राजवंशीका कथाहरूलाई “समाजका विसङ्गति र भोगाइलाई कलात्मक ढंगमा प्रस्तुत गर्ने कथा” भन्दै उच्च मूल्याङ्कन गरे। उनले भने,

> “कथाले पाठकलाई उसको आफ्नै जीवनसँग दाँजिने भाव दिन्छ। मानौँ, हरेक कथा उसको आफ्नै हो।”

 ‘अनुभूतिका लहरहरू’मा तीन धारका कविता

कवितासंग्रह ‘अनुभूतिका लहरहरू’माथि प्रा.डा. शैलेन्दु प्रकाश नेपालले समीक्षा गर्दै उक्त कृतिमा कविता, बालकविता र भजन गरी ५० वटा अनुभूतिप्रधान र सिर्जनात्मक रचना समेटिएको जानकारी दिए।

उनका अनुसार कविताहरूमा आत्मीयता, साधना र समाजप्रतिको समर्पणले गहिरो प्रभाव छोड्छ।

 शिक्षिकाबाट स्रष्टा बनेकी राजवंशी

चार दशक लामो शिक्षण सेवापछि सृजनामा होमिएकी राजवंशीले आफ्नो साहित्यिक यात्राको प्रेरणा सुनाउँदै भनिन्,

> “निवृत्त जीवनपछि लेखनप्रतिको हुटहुटीले कलम समाउन बाध्य बनायो।”

 कार्यक्रममा साहित्यिक सान र समर्पण

कार्यक्रममा प्रा.डा. गार्गी शर्मा, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, र राधेश्याम लेकालीलगायत विशिष्ट अतिथिहरूले सर्जक राजवंशीलाई बधाई र शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रम सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता र कोषाध्यक्ष तारा केसीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रमको मिडिया पार्टनर ‘इखबर नेट’ रहेको थियो।

  • Jigyasanepal

थप