Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

' चित्रमय चाडपर्वको देश : नेपाल ' लोकार्पित

  •   ११ महिना अघि | ११ मंसिर २०८२, बिहिबार

 काठमाडौं । प्रेममान डंगोलको संस्कृति सम्बन्धि कृति 'चित्रमय चाडपर्वको देश : नेपाल ' लोकार्पित र परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

  राजधानीमा मंगलवार आयोजित एक कार्यक्रममा डा  पुरुषोत्तम लोचन श्रेष्ठ , श्रीओम श्रेष्ठ रोदन, प्रा डा लक्षमण प्रसाद गौतम, शितल गिरी, स्रष्टा लगायतले लोकार्पण गरे।

 कृतिमाथि परिचर्चा गर्दै डा . श्रेष्ठ ले  भने - 'नेपाल मण्डलको संस्कृति विश्वकोष हो । यहि बारेमा नुतन कुराहरु कृतिमा रहेका छन । संस्कृति मरे देश नै मर्छ, तसर्थ प्राचिन संस्कृति बारे जानकारी दिने यो कृति हरेक नेपालीको हातहातमा पुग्नुपर्छ ।'

 अर्का चर्चाकार शितल गिरीले भने - 'नेपाल मण्डल बुझ्नलाइ सहयोग हुने कृति जसमा आनो भाषा,   संस्कृति र चाडपर्वसंग जोडिएका बिभिन्न कुराहरु पुस्तकले जानकारी दिने हुंदा कृति महत्वपुर्ण छ ।'

 कार्यक्रममा बोल्दै अध्यक्ष रोदनले भने -'संस्कृतिलाई सबैसंग जोड्ने यो कृतिले संस्कृति चाडपर्वको परम्परालाई जीवन्त बनाउन पुस्तकले सघाउँछ ।'

 नेपाल स्रष्टा  समाज , केन्द्रीय कार्य समितिको आयोजनामा सम्पन्न उकत  कार्यक्रममा कृतिकार डंगोलले लेखकीय  मन्तव्य व्यक्त गरे ।उक्त कार्यक्रमको सन्चालन रन्जना निरौला तथा स्वागत तारा सुबेदीले गरेका थिए ।

  • Jigyasanepal

थप