Breaking News
आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

आज छठ पर्वको दोस्रो दिन ‘खरना’ सम्पन्न: श्रद्धा र निष्ठाको विशेष दिन

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

महोत्तरी – लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालुहरू ‘खरना’ विधि सम्पन्न गर्दैछन्। कात्तिक शुक्ल पञ्चमीको यस दिन बर्तालुहरूले बिहान पवित्र स्नान गरी दिनभर निराहार उपवास बस्छन् र साँझ सूर्यास्तपछि चन्द्रदर्शन गरी खरनाको विधि सम्पन्न गर्छन्। खरना विधिमा माटोको नयाँ चुल्होमा सक्खर, दूध र मङ्सिरमा पाक्ने धानको चामलबाट पकाइएको पवित्र खिर छठी मातालाई चढाइन्छ, त्यसपछि बर्तालु र परिवारले प्रसादको रूपमा सेवन गर्छन्।

भोलि, कात्तिक शुक्ल षष्ठीका दिन छठ पर्वको तेस्रो दिन बर्तालुले जलाशयमा डुबुल्की मारेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। मिथिलामा यसलाई 'सझुका अरख' भनेर चिनिन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोश्रो अर्घ्य दिएर यो पर्व विधिवत रूपमा समापन गरिन्छ, जसलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

छठ पर्वका लागि ठकुवा, भुसुवासहित विशेष परिकारहरू ढिकी–जाँतोमा तयार गरिएका पिठोबाट बनाइन्छन्। परम्पराअनुसार, बर्तालुले प्रसाद आफन्तलाई पनि बाँड्ने र सबै धर्म, संस्कृति तथा समुदायका मानिसहरूले एकसाथ यो पर्व मनाउन थाल्दा छठ पर्वको महत्व झनै बढेको छ।

छठलाई साझा संस्कृतिको रूपमा अपनाउन इस्लाम धर्मावलम्बीहरू समेत सहभागी हुन थालेका छन्। बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्काका अनुसार, छठले सबै जाति, धर्म र समुदायलाई एकत्रित गर्ने कार्य गरिरहेको छ, जसले यो पर्वलाई मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनाएको छ।


  • RSS

थप