Breaking News
आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||    

जुम्लाका २१ वर्षिय मनोज रोकायको संघर्षको कथा..!

  •   २ वर्ष अघि | २४ मंसिर २०८१, सोमवार

काभ्रे । 

२१ वर्षीय मनोज रोकाय, जुम्ला जिल्लाको सिजा गाउँपालिका–१, डिग्रा निवासी एक संघर्षशील युवा हुन्। उनी अचेल भेटिन्छन् काभ्रेको बनेपा बजारमा जडीबुटी बेच्दै गरेको र आफ्नो जुम्लाको विविध कुराहरू लाई सुनाउँदै गरेको ..!  स्थानिय विद्यालय मालिका माविबाट २०७५ मा एसईई उत्तीर्ण गरेपछि उनले २०७६ मा बनेपाको पोलीटेक्निक इन्स्टिच्युटबाट होटल म्यानेजमेन्टमा डिप्लोमा पूरा गरेका थिए। २०७९ सालमा पढाइ सकिएपछि उनले एक दर्जन होटल र पार्टी प्यालेसमा काम गरे। तर, पर्याप्त तलब सुविधा र स्थायित्वको अभावले मनोज निराश बने।


भनिन्छ जसलाई दुःख छ उसैलाई डबल दुःख भगवानले थपिदीन्छन् दुबई जाने भिजा लागिसकेका रोकायलाई विविध कारण रोकिनु बाध्य भए । उनले विदेश जाने सोच बनाएका थिए, तर बुबा शंख बहादुर रोकायको एउटा मृगौला फेल भएपछि उनको परिवारलाई प्राथमिकता दिनु पर्‍यो। भक्तपुरस्थित सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा बुबाको उपचार गराउँदै गर्दा विदेश जाने योजना स्थगित भयो। उनी आफ्नो संघर्षको कथा यसरी सुनाउँछन् ।


जुम्लाको स्याउ र संघर्षको कथा

मनोजको परिवारले जुम्लामा मनिषा कृषि फर्म सञ्चालन गर्छन, जसमा १५०० स्याउका बोटहरू छन्। तर, सरकारी घोषणा अनुसार जुम्ला अर्गानिक क्षेत्र भए पनि, सुविधा र प्रविधिको अभावले स्याउ उत्पादनमा चुनौती थपिएको छ। बजार अभाव र कठिन यातायातका कारण मनोजले कालीकोटमा यसवर्ष मात्रै तीन दिन बाटो पहिरो जाँदा जाममा पर्दा स्याउ ५० रुपैयाँ प्रति किलोमा बेच्नु परेको थियो। “बोटहरूमा स्याउ नफल्ने, सुक्ने, वा दागी आउने समस्या हुन्छ। यस्ता समस्याहरूले किसानलाई निराश बनाउँछन्,” उनी भन्छन्। काम ठूलो सानो केही हुँदैन बस् पर्याप्त आम्दानी हुनु पर्यो आफूहरूलाई पुग्दो आय आम्दानी भयो भने आफ्नै काम पनि गर्दा कुनै फरक पर्दैन । उनी भन्छन् । जीवन सादा छ हामीले विचार र सपना चाहिँ देख्नु पर्छ । मैले जुम्लाको भबिस्य स्याउ र जडिबुटी लाई बजारीकरण र सरकारले प्राविधिक कुराहरू सहयो गर्दा जुम्ली खुशी हुन सक्छन् भन्ने कुरा महसुस गरेको छु । उनी भन्छन् ।


मौसमी व्यापार र जिन्दगीको संघर्ष

परिवारको आर्थिक भार थेग्न मनोजले जडीबुटी र फलफूलका मौसमी व्यापार थाले। यार्सागुम्बा, सिलाजित, मार्सी चामल, र जुम्लाको चिया बेच्दै उनले आफ्नो संघर्षलाई जारी राखेका छन्। “पढाइ सकिएपछि जागिर पाउने सपना थियो, तर अहिले गाउँको उत्पादन बेच्दै जिन्दगी चलाइरहेको छु,” उनी भन्छन्।

मनोजको परिवार संयुक्त छ। दाजु, भाउजू, आमा-बुवा, हजुरआमा, हजुरबुवा, काका, काकीहरूको सहयोगले उनी आफ्नो लक्ष्यमा अडिग छन्। “गाउँमा सानोतिनो व्यापारले परिवारलाई हातमुख जोड्न भने पुगेको छ, तर भविष्य अझै अनिश्चित छ,” उनी थप्छन्।

सपना अझै बाँकी छ ..!

मनोज रोकाय जस्ता युवाहरूको संघर्षले स्थानीय उत्पादनलाई बजार दिन सरकारको ध्यान जानु आवश्यक छ। उनीहरूका लागि प्राविधिक सहयोग र स्थानीय बजार प्रवर्द्धन गरिएमा मात्रै जुम्ला जस्तो दुर्गम क्षेत्रका युवाले आफ्नो सपना साकार पार्न सक्नेछन्। 


मनोजसँग सहकार्य गर्न इच्छा छ भने उनलाई सम्पर्क गर्नका लागि: ९८४२५०५७६० मा सम्पर्क गर्न सक्नुहुनेछ । 



  • Jigyasa media

थप