काठमाडौं, भदौ ३१ – आज मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउँदैछन्। यस अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूलाई सरकारले सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मुस्लिम आयोगको सिफारिसका आधारमा मोहम्मद जयन्तीको दिनलाई सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।
मोहम्मद जयन्ती इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मदिनको स्मरणमा मनाइन्छ। आजको दिनलाई मुस्लिम समुदायले विशेष धार्मिक कार्यक्रमहरूका साथ मनाउने गर्छन्।
मन्त्रालयको सूचनामा भनिएको छ, "मिति २०८१ भदौ ३१ गतेका दिन मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको छ।"
यो बिदाले मुस्लिम समुदायलाई धार्मिक एवं सांस्कृतिक परम्परा अनुसार आफ्नो विशेष चाड मनाउन थप सहजता प्रदान गरेको छ।
- Jigyasa media