Breaking News
आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||    

ललितपुरको हरिसिद्धिमा धुमधामसँग ‘हरिसिद्धि’ नाच सम्पन्न

  •   २ वर्ष अघि | २९ फाल्गुन २०८१, बिहिबार

ललितपुर – हरेक वर्ष फागुन पूर्णिमाको दिन विशेष रूपमा मनाइने ‘हरिसिद्धि’ नाच आज परम्परागत रौनकका साथ सम्पन्न भएको छ।

यस नाचको पहिलो चरण विहान नातेश्वर महादेवस्थानमा हरिसिद्धि देवीको पूजा तथा बाध्य वादन (द्योग ल्हायगु) गर्दै सुरु गरिन्छ। पूजापछि भक्तजनको समूह हरिसिद्धि मन्दिर पुग्छ, जहाँ देवीको स्मरण गर्दै पालैपालो नृत्य प्रस्तुत गरिन्छ।

सबैभन्दा रोचक पक्ष भनेको 'अदृश्य नाच' हो, जसमा भुस्या, प्वङ्गा, डमोखि र ताँजस्ता बाजागाजाका धुनसँगै नृत्य गरिन्छ। जनविश्वास अनुसार, यस समयमा हरिसिद्धि देवी स्वयं उपस्थित भएर नृत्य गर्ने भएकाले डबलीमा अन्य व्यक्तिलाई जान निषेध गरिन्छ।

यस नाचमा धार्मिक तथा पौराणिक प्रसंगहरू जीवन्त रूपमा प्रस्तुत गरिन्छ। तमनारिश्वर महादेवको नाच विशेष आकर्षण हो, जसमा निसन्तान दम्पतीहरूले व्रत बसेर सन्तान प्राप्तिको कामना गर्छन्।

त्यस्तै, राधाकृष्ण, ब्रह्माजू (स्वस्थानी ग्रन्थ अनुसार), गजानन्द हरिहर महादेवको अभिषेक, मञ्जुश्रीले उपत्यकाको पानी बाहिर पठाएको दृश्य, अग्निदेव र महादेवको लीलासँगै भष्मासुरको प्रसंगलाई नृत्यको माध्यमबाट देखाइन्छ।

मध्यान्हतिर रामायणसँग सम्बन्धित दृश्यहरू प्रस्तुत गरिन्छ, जसमा डुन्डुबी राक्षसको बध, राम र सुग्रीवको मित्रता, हनुमानको नृत्यलगायतका प्रसंग समेटिन्छन्।

इतिहासअनुसार, राजा योगनरेन्द्र मल्लको पालादेखि विभिन्न शासकहरू— योगेन्द्र मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल, महेन्द्र मल्ल, रत्न मल्ल लगायतका राजाहरू हरिसिद्धि देवीका भक्तका रूपमा चिनिएका थिए।

हरिसिद्धि नाचको सांस्कृतिक र ऐतिहासिक महत्वले यसलाई ललितपुरकै विशिष्ट परम्परा बनाएको छ।


  • Jigyasa media

थप