Breaking News
आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||    

बौद्ध धर्मावलम्बीको एकमहिने गुँला पर्व सुरु, काठमाडौँ उपत्यका धिमे ध्वनिमा गुञ्जिँदै

  •   १ वर्ष अघि | ९ साउन २०८२, शुक्रबार

भक्तपुर, साउन ९ । नेपाल संवत्को नवौं महिनाको सुरुवातसँगै बौद्ध धर्मावलम्बीहरूको आस्था, परम्परा र सांस्कृतिक पहिचान बोकेको गुँला पर्व आजबाट सुरु भएको छ। एक महिनासम्म धुमधामका साथ मनाइने यो पर्व विशेषगरी बौद्धमार्गीहरूले मनाउने गरे पनि हाल वर्षेनी यसमा अन्य धर्मावलम्बीहरूको समेत व्यापक सहभागिता देखिन्छ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना हुने भएकाले यो पर्व नेपाल संवत्को नवौं महिनामा मनाइने परम्परा छ। आजदेखि सुरु भएको गुँला पर्व आगामी भदौ ८ गतेसम्म निरन्तर चल्नेछ।

संस्कृति र धर्मको संगम । बाजा, परिक्रमा र पुरातन मठमन्दिर

गुँला पर्वको मूल विशेषता महाचैत्य र विभिन्न मठ–मन्दिरहरूको परिक्रमा हो। भक्तपुर, पाटन, काठमाडौँका विभिन्न बहाः, बही, चैत्य, विहार र गुम्बाहरूमा बौद्ध अनुयायीहरूले बिहान सबेरै देखि दैनिक पूजापाठ, ध्यान र परिक्रमा गर्ने चलन रहिआएको छ।

यस पर्वमा राँगाको सिङबाट बनाइएको 'न्याकुँ बाजा', साथै धिमे, धाः, भुस्या, बाँसुरी लगायतका मौलिक बाजाहरूको संगतिमा परम्परागत संगीत गुञ्जिन्छ। यसले उपत्यका नै सांस्कृतिक लयमा झुम्ने वातावरण बनाउँछ।

इष्टदेवताका दर्शन र सांस्कृतिक एकता

गुँला पर्वको क्रममा चैत्यहरू मात्र होइन, स्थानीय इष्टदेवता—गणेश, भीमसेन, भैरव, अष्टमात्रिका देवीहरू समेतको परिक्रमा गरिन्छ। धार्मिक यात्रासँगै सामाजिक मेलमिलाप र सांस्कृतिक जागरणमा समेत यो पर्वले योगदान पुर्याउने भक्तजन बताउँछन्।

 वर्तमान सन्दर्भमा गुँला पर्वको महत्व

विगत केही वर्षयता गुँला पर्वमा पुस्तान्तरणको प्रयास, संस्कृति संरक्षण र धार्मिक पर्यटनको सम्भावनासमेत जोडिँदै गएको छ। यस पर्वले विशेषगरी युवापुस्तालाई मौलिक बौद्ध संस्कृति, जात्राहरूको ऐतिहासिक मूल्य र सामूहिक सहभागिताको महत्त्व सिकाउने अवसर पनि दिएको छ।

  • Jigyasanepal

थप