Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

मोरङमा स्कुटर दुर्घटना: चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

  •   २ वर्ष अघि | २८ भदौ २०८१, शुक्रबार

विराटनगर। मोरङ जिल्लाको मिक्लाजुङमा भएको स्कुटर दुर्घटनामा बिहीबार दिउँसो चालकको घटनास्थलमै मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति गम्भीर घाइते भएका छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार किसान चोकबाट टाँडीतर्फ गइरहेको प्रदेश १–०२–०५२ प ४०६४ नम्बरको स्कुटर मिक्लाजुङ गाउँपालिका–६ सुन्दरी चोकस्थित जंगलमा दुर्घटनामा परेको हो। दिउँसो करिब ४ बजेको समयमा अनियन्त्रित भएर स्कुटर सडक किनारको रूखमा ठोक्किँदा चालक, झापाको मेचीनगर नगरपालिका–१ निवासी ५५ वर्षीय कृष्ण थुलुङको घटनास्थलमै ज्यान गएको प्रहरीको जानकारी छ।

दुर्घटनामा गम्भीर घाइते भएका मिक्लाजुङ गाउँपालिका–६ निवासी ५० वर्षीय रमेश राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानअनुसार, स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको पुष्टि भएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।


  • Jigyasa media

थप